पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा

पाेखरा | जेठ १०, २०८०

पोखरा १५, ३०, १४ र २७ वडास्तरीय फुटबलको सेमिफाइनलमा


पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

 

पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ को टिम अन्तिम चारमा पुगेको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । मंगलबार भएको खेलमा वडा नम्बर १५ ले वडा नम्बर १३ लाई ४–१, वडा नम्बर ३० ले वडा नम्बर ८ लाई ३–२, वडा नम्बर १४ ले वडा नम्बर ३२ लाई २–०, वडा नम्बर २७ ले वडा नम्बर–२४ लाई ४–३ गोलान्तरले हराएको हो । यी चारमध्ये दुई टिम बुधबार हुने सेमिफाइनलबाट फाइनल प्रवेश गर्ने छन् । पहिलो सेमिफाइनल वडा नम्बर १५ र ३० बीच बिहान ८ बजे र दोस्रो सेमिफाइनल वडा नम्बर १४ र २७ बीच बिहान १० बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । 

 

कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ र  उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव खड्काले जानकारी दिएका छन् ।

 

सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । 


 
फाइनल खेल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्